वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पचालझरना गाउँपालिका–७ स्थित नानीकोट आधारभूत स्वास्थ्यचौकीमा ३ किलोवाट क्षमताको सौर्य ऊर्जा प्रणाली तथा औषधि भण्डारणका लागि डीप–फ्रिज जडान गरी हस्तान्तरण गरेको छ। विगतदेखि गुणस्तरीय फ्रिजको अभाव र नियमित विद्युत् आपूर्तिको कमीका कारण औषधि तथा खोप सुरक्षित भण्डारणमा समस्या हुँदै आएको अवस्थामा कम्पनीले दीर्घकालीन समाधानस्वरूप उक्त पूर्वाधार उपलब्ध गराएको जनाएको छ। यसबाट औषधि, खोप तथा अन्य संवेदनशील सामग्री सुरक्षित राख्न सहज हुने विश्वास व्यक्त गरिएको छ।

कम्पनीकी सामाजिक उत्तरदायित्व विभागकी निर्देशक अनुपा भण्डारी जालानले ग्रामीण स्वास्थ्य सेवा सुदृढीकरणमा कम्पनी निरन्तर प्रतिबद्ध रहेको बताउँदै प्रविधि र पूर्वाधारसँगै शिक्षा तथा स्वास्थ्य क्षेत्रको गुणस्तर सुधारलाई प्राथमिकतामा राखिएको जानकारी दिइन्। उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

यसैबीच, वर्ल्डलिंकले सोही वडा अन्तर्गत रहेको पंगेली देवी माध्यमिक विद्यालयका २५ जना विद्यार्थीलाई सामाजिक उत्तरदायित्व परियोजना अन्तर्गत अनलाइन स्मार्ट बोर्डमार्फत अङ्ग्रेजी भाषा कक्षा सञ्चालन गरेको छ। लोकोपकार संस्थासँगको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा निर्देशक जालानले विद्यालय पुगेर कक्षाको स्थलगत अवलोकन गर्दै विद्यार्थीहरूको सिकाइ प्रगति र डिजिटल शिक्षाको प्रभावकारिताबारे जानकारी लिएकी थिइन्। सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। कम्पनीको य

तपाईको प्रतिक्रिया