अरनिको राजमार्ग क्षेत्रमा भइरहेको प्रदर्शनका क्रममा स्थिति तनावग्रस्त बनेको छ। प्रदर्शनकारीले एक टिपरमा आगजनी गर्ने प्रयास गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रु ग्याँस प्रहार गरेको थियो। त्यसपछि प्रदर्शन झनै उग्र बन्दै गएको छ। हाल प्रदर्शनकारीहरूले अरनिको राजमार्ग अवरुद्ध गरी विरोध प्रदर्शन जारी राखेका छन्, जसका कारण यातायात आवागमन पूर्णरूपमा प्रभावित भएको छ। सुरक्षा निकायले अवस्था सामान्य बनाउन थप सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ।

Online Arthik










