सन नेपाल लाइफले ग्राहक सेवालाई अझ प्रभावकारी र पहुँचयोग्य बनाउने लक्ष्यसहित आफ्नो घोराही शाखा नयाँ स्थानमा स्थानान्तरण गरेको छ। नयाँ कार्यालयको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले गरेका हुन्।

उद्घाटन समारोहमा प्रमुख बजार अधिकृत गणेश चौलागाईं, क्षेत्रीय प्रबन्धक दीपेन्द्र रावत, शाखा प्रमुख शशी डीसी तथा अभिकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कम्पनीका अनुसार, नयाँ स्थानबाट ग्राहकहरूले अझ व्यवस्थित वातावरणमा गुणस्तरीय बीमा सेवा प्राप्त गर्नेछन्। शाखाबाट पोलिसी सेवा, प्रिमियम संकलन तथा दाबी प्रक्रिया सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइनेछ। सेवा विस्तार र पूर्वाधार सुदृढीकरणलाई प्राथमिकतामा राख्दै कम्पनीले देशभर आफ्नो उपस्थितिलाई थप मजबुत बनाउँदै आएको छ। हाल कम्पनीका देशभर १४८ शाखा तथा उपशाखा सञ्चालनमा रहेका छन्।

तपाईको प्रतिक्रिया