अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका ५० लाख ९८ हजार ०४० कित्ता सेयर बराबरको चुक्ता पुँजीका आधारमा १ः१.५ अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो। यसअनुसार १०० रुपैयाँ अंकित दरकै ७६ लाख ४७ हजार ०६० कित्ता हकप्रद सेयर निष्काशन गरिनेछ, जसबाट कुल ७६ करोड ४७ लाख ०६ हजार रुपैयाँ संकलन हुने अपेक्षा गरिएको छ।
हकप्रद निष्काशनसम्बन्धी कार्य अघि बढाउन दुवै कम्पनीबीच द्विपक्षीय सम्झौता सम्पन्न भइसकेको छ। सम्झौतापत्रमा अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सदिक्षा काकी र एनआईसी एशिया क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन्।
एनआईसी एशिया क्यापिटलले निष्काशन तथा बिक्री प्रबन्ध सेवाअन्तर्गत हालसम्म सामूहिक लगानी कोष र डिबेन्चरसहित २० वटा कम्पनीको धितोपत्र निष्काशन तथा ४ वटा कम्पनीको हकप्रद सेयर निष्काशन सम्पन्न गरिसकेको जनाएको छ। यस सेवामार्फत कम्पनीले हालसम्म १९ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी रकम संकलन गराउन सफल भएको दाबी गरेको छ।

Online Arthik










