ह्वाइटगोल्ड मल्टी इनर्जीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले आईपीओ प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको जनाएको छ। फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत ३ गते बिहान ९ बजेदेखि काठमाडौँको बागबजारस्थित Hotel Hardik मा साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो।
सभामा आईपीओ निष्कासनसम्बन्धी विशेष प्रस्ताव प्रस्तुत गरी पारित गरिने कार्यसूची रहेको छ। साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल तथा अनुमोदन, लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरण पारित गर्ने, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पेश गरिने कम्पनीले जनाएको छ।

Online Arthik










