आईसीएफसी फाइनान्सले निष्काशन गरेको ‘८ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८९’ मा आवेदन दिने आज फागुन १४ गते अन्तिम दिन रहेको छ। कम्पनीले फागुन ११ गतेदेखि बिक्री खुला गरेको ७ वर्ष अवधिको उक्त ऋणपत्रमा लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्। ऋणपत्रको वार्षिक ब्याजदर ८ प्रतिशत तोकिएको छ।
कम्पनीले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित दरमा कुल ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। यसमध्ये ३० करोड रुपैयाँ बराबरका ३ लाख कित्ता व्यक्तिगत तवरबाट र २० करोड रुपैयाँ बराबरका २ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ। सर्वसाधारणतर्फ छुट्याइएकोमध्ये ५ प्रतिशत अर्थात् १० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको जनाइएको छ।
लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था छ। उक्त ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक Kumari Capital Limited रहेको छ। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत दिन सकिने कम्पनीले जनाएको छ।

Online Arthik










