लक्ष्मी सनराइज बैंक लिमिटेड ले ३ लाख १६ हजार ३०६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरुका लागि प्राथमिकताका आधारमा बिक्रीमा राखिएको जनाएको हो। सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक विवरण खुलाएर हात्तिसारस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ। तोकिएको समयावधिभित्र संस्थापकहरुबाट कुनै लिखित जानकारी प्राप्त नभएमा प्रचलित कानूनबमोजिम उक्त सेयर अन्य व्यक्ति वा कम्पनीलाई बिक्री गरिने बैंकले उल्लेख गरेको छ।

Online Arthik









