नारायणी डेभलपमेन्ट बैंक लिमिटेड ले लिलामीमार्फत बिक्रीमा राखेको अवितरित हकप्रद सेयरको बाँडफाँड सम्पन्न गरेको छ। बैंकले गत माघ १८ गतेदेखि फागुन ४ गतेसम्म लिलामीमा राखेको कुल ३ लाख ६ हजार ५९७ कित्ता सेयर फागुन १३ गते बाँडफाँड गरेको हो। संस्थापक समूहअन्तर्गतको सेयरका लागि कायम भएको कटअफ मूल्य प्रतिकित्ता १०५ रुपैयाँ ५० पैसा रहेको जनाएको छ। बाँडफाँडमा नपरेका आवेदकहरूको रकम फागुन १५ गतेदेखि फिर्ता भुक्तानी गरिने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड ले जानकारी दिएको छ।

Online Arthik









