पाल्पा सिमेन्ट इण्डष्ट्रिजको आईपीओ बाँडफाँड सम्पन्न भएको छ। कम्पनीको आईपीओ आज बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको नक्सालस्थित कार्यालयमा बाँडफाँड गरिएको हो।

कम्पनीको आईपीओमा २४ लाख १३ हजार ५१७ जनाले २ करोड ६३ लाख १० हजार ९७० कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये ३६ हजार ८१२ जनाको ४ लाख ४८ हजार ५५० कित्ताका लागि परेको आवेदन बदर भएको छ।त्यस्तै, २३ लाख ७६ हजार ७०५ जनाको २ करोड ५८ लाख ६२ हजार ४२० कित्ताका लागि परेको आवेदन सदर भएको छ। कुल सदर आवेदनमध्ये ४५ लाख कित्ता सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ।

बाँडफाँडअनुसार ४ लाख ५० हजार आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। यसक्रममा १९ लाख २६ हजार ७०५ आवेदक भने सेयर प्राप्त गर्नबाट वञ्चित भएका छन्।

तपाईको प्रतिक्रिया