युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड को प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले लाभांश वितरण तथा वार्षिक साधारणसभा प्रयोजनका लागि वैशाख ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन योग्य हुनेछन्। कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरूलाई ७ प्रतिशत बोनस सेयर (कर बाहेक) प्रदान गर्ने प्रस्ताव गरेको छ भने कर प्रयोजनका लागि ०.३६८४२ प्रतिशत नगद लाभांश पनि प्रस्ताव गरिएको छ। उक्त लाभांश प्रस्ताव वैशाख २७ गते काठमाडौँको कालीमाटीस्थित कालीमाटी बैङ्वेट मा बिहान ११ बजेदेखि सुरु हुने वार्षिक साधारणसभाबाट पारित गरिनेछ।

Online Arthik









