स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेर २ लाख ९९ हजार ८०० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य १२० रुपैयाँले घटेर प्रतितोला ५ हजार १३० रुपैयाँ पुगेको छ।
यसअघि बिहीबार सुन प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँ र चाँदी ५ हजार २५० रुपैयाँमा कारोबार भएको थियो भने बुधबार सुन ३ लाख २ हजार ७०० रुपैयाँ र चाँदी ५ हजार २२० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारतर्फ हेर्दा, आज एक औंस सुनको मूल्य ४ हजार ८२० अमेरिकी डलर र चाँदीको मूल्य ७५ अमेरिकी डलर आसपासमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

Online Arthik









