सिद्धार्थ क्यापिटल लिमिटेड ले ‘सिद्धार्थ इक्विटी फण्ड २’ नामक म्युचुअल फण्ड सार्वजनिक निष्काशनमा ल्याउने भएको छ। कम्पनीले वैशाख २१ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल १० करोड इकाई निष्काशन गर्नेछ, जसको कुल आकार १ अर्ब रुपैयाँ रहनेछ। यो योजना सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने १२ वर्षे बन्दमुखी म्युचुअल फण्ड हो। कुल इकाईमध्ये १ करोड ५० लाख इकाई प्रवर्धक सिद्धार्थ बैंक लिमिटेड का लागि सुरक्षित राखिएको छ भने बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको छ। लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन्। यो योजनाको निष्काशन छिटोमा वैशाख २४ गतेसम्म खुला रहनेछ भने सो अवधिमा पूर्ण बिक्री नभएमा जेठ ४ गतेसम्म आवेदन दिन सकिनेछ। योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक पनि सिद्धार्थ क्यापिटल नै रहेको छ, र लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्था वा मेरो सेयर प्रणालीमार्फत अनलाइन सि–आस्वा प्रयोग गरी आवेदन दिन सक्नेछन्।

Online Arthik










