सोपान फर्मास्युटिकल्स लिमिटेड को आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत वैशाख ३ गतेदेखि आम सर्वसाधारणका लागि ३४ लाख ७४ हजार ९०० कित्ता साधारण सेयर निष्कासन गरेको हो। यसअघि नेपाल धितोपत्र बोर्ड बाट प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४२ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो। सोमध्ये २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र १ लाख ७१ हजार ६०० कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी सेयर सर्वसाधारणमा बिक्री खुला गरिएको हो। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। यस आईपीओको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।
TRENDING :

Online Arthik










