केपी शर्मा अ‍ोली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आफ्नो ७७औँ स्थापना दिवसका अवसरमा आज विशेष कार्यक्रम आयोजना गर्दैछ, जसमा अध्यक्ष ओलीले सम्बोधन गर्ने भएका छन्।

पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार दिउँसो २ बजे च्यासलस्थित केन्द्रीय कार्यालयमा आयोजना हुने कार्यक्रममा अध्यक्ष ओलीको प्रमुख सम्बोधन रहनेछ। सम्बोधनमा समसामयिक राजनीतिक अवस्था, पार्टीको आगामी कार्यदिशा तथा संगठन सुदृढीकरणका विषय समेटिने अपेक्षा गरिएको छ।

स्वास्थ्य अवस्था र प्रहरी हिरासतका कारण केही समय सार्वजनिक कार्यक्रममा अनुपस्थित रहेका अध्यक्ष ओली हाल स्वास्थ्यलाभको क्रममा छन्। गत चैत १४ गते पक्राउ परेका उनी १३ दिनपछि रिहा भएका थिए। त्यसपछि पित्तथैलीमा देखिएको पत्थरीको शल्यक्रिया गराई वैशाख ५ गते अस्पतालबाट डिस्चार्ज भएका ओली आजको कार्यक्रममा सहभागी हुँदै औपचारिक रूपमा पुनः सार्वजनिक उपस्थिति जनाउन लागेका हुन्।

तपाईको प्रतिक्रिया