प्राइम कमर्सियल बैंक ले संस्थापक समूहअन्तर्गतको सेयर बिक्रीमा राखेको छ। बैंकले आजदेखि उक्त सेयर बिक्री प्रक्रिया सुरु गरेको जनाएको छ।

बैंकका अनुसार बिक्रीमा राखिएको सेयर खरिदका लागि अब जो–सुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन्। इच्छुक आवेदकहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ। यसअघि बैंकले ३५ दिने सूचना जारी गरी संस्थापक सेयरधनीहरूलाई प्राथमिकतामा राखेर सेयर बिक्रीमा राखेको थियो। तर, कुनै आवेदन नपरेपछि सर्वसाधारणका लागि खुला गरिएको हो।

बिक्री गर्ने संस्थापक सेयरधनीको नाम र सेयरको मूल्यसम्बन्धी विस्तृत जानकारी कम्पनी सचिवको कार्यालयबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ। यद्यपि, हालसम्म बिक्रीमा राखिएको सेयरको कुल संख्या भने सार्वजनिक गरिएको छैन।

तपाईको प्रतिक्रिया