प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज मध्यान्ह १२ बजे संघीय मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। सरकारका प्रवक्ताको सचिवालयका अनुसार बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा नीतिगत विषयमा छलफल हुने कार्यक्रम रहेको छ भने केही महत्वपूर्ण निर्णयसमेत हुन सक्ने बताइएको छ। आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक भएको केही दिनमै बस्न लागेको बैठकमा बजेट कार्यान्वयनका प्रारम्भिक निर्णय, मन्त्रालयगत कार्ययोजना तथा सरकारका प्राथमिकताबारे छलफल हुन सक्ने अनुमान गरिएको छ। साथै संसद्मा देखिएको राजनीतिक गतिरोध, विपक्षी दलहरूको अवरोध, संसदीय रणनीति, विभिन्न मन्त्रालयबाट पेश भएका प्रस्ताव, नियुक्तिसम्बन्धी विषय, प्रशासनिक निर्णय तथा विकास आयोजनासँग सम्बन्धित एजेन्डामाथि पनि चर्चा हुन सक्ने स्रोतहरूको भनाइ छ। यद्यपि बैठकका औपचारिक एजेन्डा सार्वजनिक गरिएको छैन। सरकारका आगामी आर्थिक, प्रशासनिक र लगानीसम्बन्धी कदमबारे संकेत दिने अपेक्षासहित यस बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया