सानिगाड हाइड्रो लिमिटेड को सर्वसाधारणका लागि जारी गरिएको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत जेठ १८ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४६ लाख ७४ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गरेको थियो।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ८५ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति प्राप्त गरेको थियो। यसमध्ये पहिलो चरणमा गत चैत ८ गतेदेखि २८ लाख ५० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा ५ लाख ७० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरिएको थियो।स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बाँडफाँट गरिसकेपछि दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि आईपीओ निष्कासन गरिएको हो। यसमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।कम्पनीलाई इक्रा नेपाल ले ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस (BB-)’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।कम्पनीले छिटोमा जेठ २१ गते र ढिलोमा असार १ गतेसम्म निष्कासन खुला रहने जनाएको भए पनि माग पर्याप्त भएमा आज नै आवेदन बन्द हुनेछ।लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। साथै, मेरो सेयर  मार्फत पनि अनलाइन आवेदन दिन सकिनेछ।

आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

तपाईको प्रतिक्रिया