महुली लघुवित्त वित्तीय संस्था लिमिटेड ले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।
संस्थाले सूचना जारी गर्दै उक्त संस्थापक सेयर खरिदका लागि इच्छुक व्यक्ति, कम्पनी तथा संस्थाहरूबाट आवेदन माग गरेको जनाएको छ।यसअघि संस्थाले गत वैशाख १५ गते ३५ दिने सूचना प्रकाशित गरी विद्यमान संस्थापक सेयरधनीहरूलाई प्राथमिकता दिँदै सेयर बिक्रीका लागि प्रस्ताव गरेको थियो। तर तोकिएको अवधिमा कुनै पनि संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेपछि सर्वसाधारण व्यक्ति, कम्पनी तथा संस्थालाई समेत बिक्री खुला गरिएको संस्थाले जनाएको छ। सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवश्यक कागजात तथा प्रमाणहरू संलग्न गरी सप्तरीस्थित संस्थाको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ।
संस्थाका अनुसार सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम कायम हुनेछ। इच्छुक लगानीकर्ताले थप जानकारीका लागि संस्थाको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सक्नेछन्।

Online Arthik









