स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ कायम भएको छ। त्यस्तै चाँदीको मूल्य प्रतितोला ५ हजार २३० रुपैयाँ निर्धारण गरिएको छ। यसअघि बिहीबार सुन प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य ५ हजार २८५ रुपैयाँ कायम भएको थियो। त्यस्तै बुधबार सुन प्रतितोला ३ लाख ११ हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला ५ हजार ३७० रुपैयाँमा खरिदबिक्री भएको थियो।पछिल्ला दुई दिनको तुलनामा शुक्रबार सुनचाँदी दुवै धातुको मूल्यमा गिरावट आएको देखिएको छ। अन्तरराष्ट्रिय बजारमा भएको मूल्य उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको व्यवसायीहरू बताउँछन्।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज विश्व बजारमा सुन प्रतिऔँस ४ हजार ४४३ अमेरिकी डलर र चाँदी प्रतिऔँस ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Online Arthik










