कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पताल बीच बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ।
सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरूले अस्पतालबाट प्रदान गरिने इनपेसेन्ट, आउटपेसेन्ट, आकस्मिक सेवा सुविधा तथा औषधि खरिदमा १० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्नेछन्। यस सहकार्यले बैंकका ग्राहकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा थप सहज पहुँच उपलब्ध गराउने विश्वास गरिएको छ।कुमारी बैंकले विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकले देशभर रहेका २८६ शाखा, ३०४ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाइमार्फत सुरक्षित, भरपर्दो र उच्चस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ।ग्राहकको स्वास्थ्य सुरक्षालाई संस्थागत जिम्मेवारीका रूपमा लिँदै बैंकले देश तथा विदेशका विभिन्न प्रतिष्ठित अस्पतालसँग स्वास्थ्य सेवामा विशेष छुटसम्बन्धी सम्झौताहरू गर्दै आएको जनाएको छ। बैंकले यस्ता सहकार्यमार्फत ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज र प्रभावकारी पहुँच सुनिश्चित गर्ने लक्ष्य लिएको छ।
बदलिँदो समयसँगै सेवामा निरन्तर सुधार र थप सुविधा विस्तार गर्दै आगामी दिनमा अझ व्यापक, सहज तथा ग्राहकमैत्री सेवा उपलब्ध गराउने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।

Online Arthik









