माउन्टेन इनर्जी नेपाल लिमिटेडले उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गरेको आईपीओमा आज बिहीबार (असोज २९ गते) आवेदन दिने अन्तिम दिन रहेको छ। उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासित यो आईपीओ छिटोमा असोज १४ गते र ढिलामा असोज २९ गते बैंकिङ समयपछि बन्द हुने भनिएको थियो। गत असोज १४ गतेसम्म आईपीओ बिक्री नभएका कारण समय बढाएर असोज २९ गतेसम्म पुर्याइएको हो।
कम्पनीले गत असार २५ गते नेपाल धितोपत्र बोर्डबाट १०० रुपैयाँअंकित दरका ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो। जुन कम्पनीको जारी पुँजी १ अर्ब ९६ करोड ८० लाख २७ हजार रुपैयाँबराबरको हुन आउँछ।
त्यसमध्ये पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि १९ लाख ६८ हजार २७ कित्ता (जारी पुँजीको १० प्रतिशत) आईपीओ बिक्री गर्न लागिएको हो।

Online Arthik










