सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ मा सातै प्रदेशमा वित्तीय साक्षरता तथा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गरेको जनाएको छ।
बैंकका अनुसार देशभर रहेका १४८ शाखा कार्यालयमार्फत सञ्चालन गरिएको वित्तीय साक्षरता कार्यक्रममा करिब १० हजार जना सहभागी भएका छन्। कार्यक्रममा कोशीका २०, मधेशका २१, बागमतीका ४३, गण्डकीका १३, लुम्बिनीका ३२, कर्णालीका ९ र सुदूरपश्चिमका १० शाखाले सहभागिता जनाएका थिए।विभिन्न उमेर समूहका व्यक्ति, महिला, विद्यार्थी, किसान, मजदुर, वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका नागरिकलगायतलाई वित्तीय साक्षरताको महत्त्व, डिजिटल बैंकिङसँगै बढ्दो वित्तीय अपराध, ठगी तथा जोखिमबारे जानकारी दिइएको बैंकले जनाएको छ। साथै नगद कारोबार, भुक्तानी, लेनदेन र विप्रेषण गर्दा औपचारिक बैंकिङ प्रणालीको प्रयोग गर्न आग्रह गरिएको छ।संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सामुदायिक विद्यालय, स्वास्थ्य संस्था तथा विभिन्न संघसंस्थालाई सहयोग गरेको जनाएको छ। सर्केगाड शाखाले सर्केगाड गाउँपालिका–४ स्थित श्री हिमज्योति माध्यमिक विद्यालयका बालविकासदेखि कक्षा ८ सम्म अध्ययनरत १९६ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई विद्यालय पोसाक र न्यानो स्वेटर वितरण गरेको छ।बैंकले फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ नामक नेपालकै पहिलो भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको जनाएको छ। साथै ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ र ‘फ्रिलान्सर सेभिङ अकाउन्ट’ जस्ता नयाँ सेवा पनि सञ्चालनमा ल्याएको छ। मोबाइल बैंकिङ एपमार्फत सेयर आवेदन तथा सीआरएन नम्बर सेवा र ‘क्रस बैंक टेलर’ सुविधासमेत उपलब्ध रहेको बैंकले जनाएको छ।
हाल सिटिजन्स बैंकले ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ४५ हजारभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

Online Arthik









