आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच शुक्रबार (साउन १) सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ। यसअघि सिमरामा भएको मौखिक सहमतिलाई लिखित सम्झौतामा रूपान्तरण गर्दै औपचारिकता दिने तयारी भइरहेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (सिंहदरबार) मा सरकारी वार्ता टोली र पीडित पक्षका प्रतिनिधिबीच अन्तिम चरणको निर्णायक वार्ता जारी छ। बिहीबार भएको सघन छलफलमा भएको सहमतिलाई आधार बनाएर आज अन्तिम सम्झौता गर्ने प्रक्रिया अघि बढाइएको हो। सरकारी वार्ता टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाले गरिरहेका छन्। टोलीमा गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली र भूमि व्यवस्था विभागका महानिर्देशक योगेन्द्रप्रसाद दुलाल सदस्य छन्।

पीडित पक्षको वार्ता टोलीको संयोजन नवलपरासी (सुस्तापूर्व) का अवधेश कुसवाहले गरिरहेका छन्। टोलीमा सिराहाका मनोज पासवान, गोरखाका रिजन रानामगर, भोजपुरकी लक्ष्मी घिमिरे, बर्दघाट पश्चिमका किरण परियार र कैलालीका निर्गराज जैसी सदस्य रहेका छन्।

तपाईको प्रतिक्रिया