नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। अघिल्लो कारोबार दिनको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला ८० रुपैयाँले महँगिएको छ।
नेपाल सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ६०० रुपैयाँ कायम भएको छ। त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ४४ हजार रुपैयाँ पुगेको छ। यसअघि अघिल्लो दिन छापावाल सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो।
यता, चाँदीको मूल्य पनि बढेर प्रतितोला ४ हजार ३२० रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन चाँदी प्रतितोला ४ हजार २४० रुपैयाँमा किनबेच भएको थियो।

Online Arthik










