अष्ट्रेलियाको Cumberland City Council अन्तर्गत आयोजना हुने प्रतिष्ठित Cumberland City Local Business Awards 2026 मा Flower City Florist ले Outstanding Florist विधामा विजेता बन्न सफल भएको छ।
स्थानीय व्यवसायहरूको उत्कृष्टता, ग्राहक सन्तुष्टि, सेवा गुणस्तर तथा समुदायप्रतिको योगदानको मूल्यांकन गर्दै प्रदान गरिने यस सम्मानले Flower City Florist को व्यावसायिक उत्कृष्टतालाई थप स्थापित गरेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो पुरस्कारले ताजा तथा गुणस्तरीय पुष्प सेवा, आकर्षक फ्लोरल डिजाइन, ग्राहकप्रतिको समर्पण र स्थानीय समुदायसँगको घनिष्ठ सम्बन्धलाई निरन्तर प्राथमिकता दिँदै आएको प्रयासको उच्च मूल्यांकन भएको पुष्टि गरेको छ।यस ऐतिहासिक उपलब्धिप्रति Flower City Florist परिवारले आफ्ना ग्राहक, कर्मचारी, शुभेच्छुक तथा स्थानीय समुदायप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ।

कम्पनीले ग्राहकहरूको निरन्तर विश्वास, कर्मचारीहरूको अथक मेहनत र समुदायको साथबिनाको यो सफलता सम्भव नहुने उल्लेख गरेको छ।Flower City Florist ले आगामी दिनमा पनि अझ सिर्जनात्मक, गुणस्तरीय र उत्कृष्ट सेवा प्रदान गर्दै ग्राहकहरूको अपेक्षा पूरा गर्न तथा स्थानीय समुदायसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।कम्पनीका प्रतिनिधिले, “यो पुरस्कार केवल हाम्रो व्यवसायको मात्र सफलता होइन, हामीमाथि विश्वास गर्ने प्रत्येक ग्राहक, समर्पित कर्मचारी र हाम्रो समुदायको साझा उपलब्धि हो। हामी सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौं। आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गर्न हामी सदैव प्रतिबद्ध रहनेछौं,” भन्नुभयो।

कम्पनीका अनुसार यस उपलब्धिले Flower City Florist लाई Cumberland City क्षेत्रमा अग्रणी फ्लोरिस्टका रूपमा थप प्रेरणा र जिम्मेवारी प्रदान गरेको छ।

Online Arthik










