सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ३ अर्ब ५५ करोड १ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८ प्रतिशतले बढी हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १० प्रतिशत वृद्धि भई ६ अर्ब ९९ करोड ५ लाख ८३ हजार रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ९ अर्ब ७३ करोड २३ लाख १४ हजार रुपैयाँ र सञ्चालन नाफा ५ अर्ब १६ करोड ५१ लाख ७२ हजार रुपैयाँ रहेको छ। बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ८३ करोड १७ लाख ७६ हजार रुपैयाँ पुगेको छ, जसअनुसार लाभांश क्षमता २०.८५ प्रतिशत रहेको छ। गत असारसम्म बैंकको निक्षेप ११ प्रतिशत बढेर २ खर्ब ४९ अर्ब ११ करोड ८० लाख रुपैयाँ तथा कर्जा प्रवाह १० प्रतिशत बढेर १ खर्ब ९५ अर्ब ८८ करोड ४७ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा खराब कर्जा अनुपात ३.०१ प्रतिशतबाट घटेर २.८७ प्रतिशत मा झरेको छ भने प्रतिसेयर आम्दानी १८.९४ रुपैयाँबाट बढेर २५.७५ रुपैयाँ पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १८८.४२ रुपैयाँ, मूल्य–आम्दानी अनुपात १३.५९ गुणा तथा इक्विटीमा प्रतिफल १४.३९ प्रतिशत रहेको छ।

तपाईको प्रतिक्रिया