स्थानीय बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ७ हजार ६ सय रुपैयाँले बढेर ३ लाख ४ हजार ९ सय रुपैयाँ पुगेको छ। बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख ६१ हजार ४ सय ५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन प्रतिदश ग्राम २ लाख ५४ हजार ८ सय ८५ रुपैयाँ रहेको थियो।
यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ७ सय २५ रुपैयाँ पुगेको छ। बुधबार प्रतितोला ४ हजार ५ सय ८० रुपैयाँ रहेको चाँदी आज १४५ रुपैयाँले बढेको हो।

Online Arthik










