स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ३०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला ३ लाख ७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार १०० रुपैयाँले घटेको हो।

त्यस्तै, सुनको मूल्य प्रतिदश ग्राम २ लाख ६० हजार ८९० रुपैयाँ कायम भएको छ। शुक्रबार प्रतिदश ग्राम सुनको मूल्य २ लाख ६३ हजार ५४५ रुपैयाँ थियो।

चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। आज चाँदी प्रतितोला ४ हजार ७२५ रुपैयाँ मा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले घटेको हो।

तपाईको प्रतिक्रिया