पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासनबिना संसद्को दुई तिहाइ बहुमतले समेत राजनीतिक स्थिरता दिन नसक्ने बताएकी छन्। जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा सन्देश जारी गर्दै उनले राजनीतिक स्थायित्व संसदीय गणितभन्दा शासकको चरित्र र कार्यशैलीमा निर्भर हुने बताएकी हुन्।

कार्कीले सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन, पारदर्शिता र नागरिकको सम्मान सुनिश्चित गर्न प्रभावकारी रूपमा काम गर्नुपर्नेमा जोड दिएकी छन्। जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिलाई स्मरण गर्दै उनले त्यस्तो घटना फेरि दोहोरिन नदिन सबै पक्ष जिम्मेवार र चनाखो बन्नुपर्ने बताएकी छन्।

भोटेकोशी बाढीबाट मुलुक अर्को पीडादायी अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै कार्कीले विपद्को यस घडीमा धैर्य, एकता र जिम्मेवारीका साथ प्रभावित नागरिकलाई सहयोग गर्न आह्वान गरेकी छन्। उनले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेकी छन्।

तपाईको प्रतिक्रिया