धरानस्थित पुतली लाइनमा रहेको भाटभटेनी सुपर स्टोर भोलि बुधबार, भदौ २४ गतेदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ।
भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार स्टोर पुनः सञ्चालनमा आएसँगै ग्राहकलाई नियमित रूपमा दैनिक सेवा प्रदान गरिनेछ। ग्राहकको सुविधा र सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ।
पुनः सञ्चालनको अवसरमा कम्पनीले ग्राहक, शुभेच्छुक तथा सरोकारवालालाई निरन्तर साथ, सहयोग र विश्वासका लागि धन्यवाद व्यक्त गरेको छ। स्टोर सञ्चालनमा आएपछि धरान तथा आसपासका ग्राहकले दैनिक उपभोग्य वस्तुसहित विभिन्न सामग्री तथा सेवाहरू नियमित रूपमा प्राप्त गर्न सक्नेछन्।

Online Arthik










