आईएमई लिमिटेडले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको करसहित २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आगामी असोज १४ गते वार्षिक साधारणसभा बोलाएको छ। सभा कम्पनीको रजिष्टर्ड कार्यालय, पानीपोखरी, काठमाडौंमा अपराह्न ४ बजे बस्नेछ।
सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि बाह्य लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ।

Online Arthik









