नेरुडे लघुवित्त वित्तीय संस्थाले ८६ हजार ९०० कित्ता संस्थापक शेयर बोलकबोलको माध्यमबाट बिक्री गर्ने भएको छ । संस्थाले प्राईम बैंककोे स्वामित्वमा रहेको सो शेयर बिक्री गर्न लागेको हो। लघुवित्तले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरेको निर्देशन अनुसार विभिन्न समयमा विक्री गरी बाँकी रहेको संस्थापक शेयर विक्री पुनः खुला गरेको जनाएको छ ।
उक्त बोलपत्रमा विद्यमान संस्थापक शेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले मंसिर २५ गतेदेखि पुस २ गते अपरान्ह ३ः०० बजेसम्म गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। उक्त संस्थापक शेयरको न्युनतम मूल्य प्रति कित्ता ३०० तोकिएको छ ।
लगानीकर्ताले न्युनतम एक सय कित्ताको लागि आवेदन दिन सक्नेछन् अधिकतममा भने कुनै हद तोकिएको छैन ।
संस्थाले गत वर्ष २०७६ असार १० गते एक लाख १० हजार कित्ता संस्थापक शेयर बिक्री खुला गरेकोमा २२ हजार ७०० कित्ता शेयर मात्र विक्री भएको थियो । त्यस्तै वाँकी रहेको ८७ हजार ३०० कित्ता संस्थापक शेयर २०७६ भदौ २० गते विक्री खुला गरेकोमा ४०० कित्ता मात्र बिक्री भएको थियो । अहिले संस्थाले बाँकी शेयर बिक्रीका लागि सूचना जारी गरेको हो ।
कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

Online Arthik










