प्रिमियर इन्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोष (सीआईटी) को संस्थापक समूहको सेयर आज बिहीबारबाट लिलामीमा राखिएको छ। कम्पनीले ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो। यो लिलामी सेयरमा इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु बोलपत्र पेस गर्न सक्नेछन्।
लिलामीमा राखिएको सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १ हजार ९०० रुपैयाँ तोकिएको छ। त्यसैले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ। बोलपत्र काठमाण्डौको नक्सालस्थित नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड वा नक्सालमै रहेको प्रिमियर इन्स्योरेन्सको कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र फाराम यी दुवै कम्पनीको आधिकारिक वेबसाइटबाट पनि डाउनलोड गर्न सकिनेछ।
न्यूनतम १०० कित्ता वा १० ले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि बोलपत्र पेस गर्न सकिनेछ। बोलपत्र पेस गर्ने मिति पुस ९ गते बैंकिङ समयसम्म तोकिएको छ।

Online Arthik










