कृषि विकास बैंकले आफ्नो १४ औँ वार्षिक साधारणसभा डाकेको छ।
बैंक सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले वार्षिक साधारणसभा पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा भक्तपुरको बोडेस्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा भर्चुअल माध्यमबाट बिहान ११ बजेबाट सुरु हुनेछ।
सभामा बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल १५.७८ प्रतिशत लाभांश पारित हुनेछ। जसमा १५ प्रतिशतले हुन आउने बोनस सेयर र ०.७८ प्रतिशतले हुन आउने नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।
लाभांश र वार्षिक साधारणसभाका लागि बैंकले पुस १५ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १४ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश प्राप्ति र सभामा भाग लिन योग्य हुनेछन्।

Online Arthik










