नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको हिजो (असोज ४ गते) बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो। बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफामध्ये वितरणयोग्य मुनाफाबाट चुक्तापुँजी २० अर्ब रुपैयाँको ८.५ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वय गरिने बैंकले जनाएको छ।

Online Arthik










