आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो २३ औँ वार्षिक साधारणसभा डोकेको छ। संस्थाको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कालिकास्थानस्थित अमृतभोगमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट हुनेछ
सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित कुल २५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।
सभाले अन्य उपयुक्त लघुवित्त संस्थाहरु आपसमा गाभ्ने, गाभिने वा प्राप्ति प्रयोजनका लागि सम्पूर्ण कार्यहरु अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पनि अनुमोदन गर्नेछ। सोही सभाबाट सर्वसाधारण सेयरधनीहरुका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गरिनेछ।
सभाले गत आर्थिक वर्ष वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी पारित गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि संस्थाले यही पुस १८ एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १५ गते (पुस १६ गते शुक्रबार र पुस १७ गते शनिबार) सम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

Online Arthik










