प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आफ्नो २८ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो माघ २१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नक्सालस्थित प्रिमियर भवनमा बिहान ११ बजेदेखि भिडियो कन्फ्रेन्स माध्यमबाट हुनेछ।
सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित कुल १५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश छन्।
सभाले निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्नेसम्बन्धी सम्पूर्ण कार्य गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी पारित गरिनेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले आउँदो माघ ५ गतेदेखि माघ २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब माघ ४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

Online Arthik










