जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि बम्पर लाभांश प्रस्ताव गरेको छ।
संस्थाको फागुन ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ६० करोड ८४ लाख रुपैयाँको कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा ७० प्रतिशतले हुन आउने ४२ करोड ५८ लाख ८० रुपैयाँबराबरको बोनस सेयर रहेको छ। बोनस सेयर कर प्रयोजनार्थ संस्थाले ३.६८ प्रतिशतले हुन आउने २ करोड २४ लाख १४ हजार ७३६.८४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि संस्थाले गरेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात आगामी तेस्रो वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने संस्थाले जनाएको छ।

Online Arthik










