सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ।
हिजो मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल ४.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ४.२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२२ प्रतिशत नगद लाभांश छन्।
प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट वितरण गरिने कम्पनीले जनाएको छ।

Online Arthik










