एनआइसी एशिया लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको समेत गरी १ करोड ४८ लाख कित्ता शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ। शेयर सुचीकरणसँगै बिहीबारबाट लघुवित्तको नेपाल स्टक एक्चेञ्जमा कारोबार खुल्ने भएको छ।
लघुवित्तले असार १० गतेदेखि सर्वसाधारणमा ४४ लाख ४३ हजार कित्ता शेयर बिक्री गरेको थियो। शेयर बिक्री गरेको दुइ साता पछि लघुवित्तको शेयर सूचीकृत भएको हो।
नेप्सेले लघुवित्तको शेयर कारोबारको लागि एनआईसीबिएसएल कारोबार संकेत प्रदान गरेको छ भने पहिलो कारोबारको लागि ११०।४३ रुपैयाँदेखि ३३१।२९ रुपैयाँको कारोबार रेञ्ज प्रदान गरेको छ। यही रेञ्जमा आधारित रहेर बिहीबार कम्पनीको शेयर कारोबार खुल्नेछ।

Online Arthik










