रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीयका लागि छुट्याइएको १० प्रतिशत अर्थात ६८ लाख ४२ हजार १०० कित्ता आईपीओ आज असार १३ गतेदेखि बिक्री खुला गरेको हो। यो आईपीओमा आयोजनाबाट अतिप्रभावित क्षेत्र गोसाइँकुण्ड वडा नं। १ थुमन र वडा नं। २ टिमेरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नं। ४ गोल्जुङ र वडा नं। ५ चिलिमेका साथै गोसाइँकुण्ड गाउँपालिकाका बाँकी वडाहरु ९वडा नं। ३ बृद्धिम, वडा नं। ४ लाङटाङ, वडा नं। ५ स्याफ्रुबेसी र वडा नं। ६ धुन्चे तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लावासीहरुले आवेदन दिन सक्नेछन्। यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ७०० कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।
यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत जेठ ३१ गते निष्कासन अनुमति दिएको यस आईपीओको निष्कासन बन्द छिटोमा असार २७ गते र ढिलोमा साउन १० गते बैंकिङ समयपछि हुनेछ। आईपीओ बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। सहनिष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटल लिमिटेड रहेका छन्।

Online Arthik










