पिपुल्स पावर लिमिटेडले गत असार ८ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्कासन गरेको थियो। यो आईपीओ आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६ लाख ३२ हजार ६०० कित्ता आईपीओ निष्कासन गरेको छ। जसमा कम्पनीले अतिप्रभावित क्षेत्र इलामको इलाम नगरपालिका वडा नं. १ र वडा नं. ४ का बासिन्दालाई १ लाख ८९ हजार ७८० कित्ता र इलाम जिल्लावासीका लागि ४ लाख ४२ हजार ८२० कित्ता आईपीओ जारी गरेको छ।
यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्मका लागि खरिद आवेदन पेस गर्न सक्नेछन्।
लगानीकर्ताले नेपाल बंगलादेश बैंक र ग्लोबल आइएमई बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर शाखा तथा प्राइम कमर्सियल बैंकको राँके शाखामा आवेदन पेस गर्न सक्नेछन्। लगानीकर्ताले सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्।
यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत जेठ २७ गते निष्कासन अनुमति दिएको थियो।

Online Arthik










