चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गरिएको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज अपराह्न ४ बजे मौद्रिक नीति सार्वजनिक गरेका हुन्। चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कर्जामा कडाइ गर्ने नीति लिइएको छ। सेयर धितो कर्जाको सीमा समग्र बैंकिङ प्रणालीबाट १२ करोड रुपैयाँसम्म लिन पाइने कायम गरिएको छ। यसअघिको ४–१२ वटा व्यवस्था हटाइएको छ।
त्यस्तै मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाहरुको सेयर कारोबार रोक्का गर्ने राष्ट्र बैंकको नियम पनि खारेज गरिएको छ। अब धितोपत्र बोर्डको नियमअनुसार मिलाइने व्यवस्था गरिएको छ।
यस्तो छ चालु आर्थिक वर्षको मौद्रिक नीति –Monetory_policy_2079-080

Online Arthik










