नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड निफ्रा सञ्चालक समितिको बिहीबार बेलुका बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको हो। बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफामध्ये वितरणयोग्यबाट चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँको ४.२१०५ प्रतिशत नगद लाभांश (करसमेत) वितरण गर्ने प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने निफ्राले जनाएको छ।

Online Arthik










