सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिम बढ्दै गएपछि एसईई स्थगन गरी विद्यालयहरूको आन्तरिक मूल्याङ्कनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने निर्णय गरेको छ । सोहीअनुसार शिक्षा तथा जनसंख्या मन्त्रालयले तयारी पनि थालेको छ ।

यस्तै अर्थतन्त्रका केही क्षेत्र खोल्ने निर्णय गरे पनि विद्यालय शिक्षा सञ्चालन गर्ने विषयलाई सरकारले सबैभन्दा पछिल्लो चरणमा राखेको छ । तर असार १ देखि सिकाइलाई निरन्तरता दिने कार्यक्रमहरू विद्यालयले सञ्चालन गर्न सक्ने पनि सरकारले बताउँदै आएको छ ।

तपाईको प्रतिक्रिया