एज्ड केयर एबं चाईल्ड केयर शिक्षा प्रदान गर्दै आइरहेको अष्ट्रेलियाको सिड्नीमा संचालित एड्भान्स कलेजलाई स्थानीय काउन्सिलले सञ्चालन गरेको ईनर वेष्ट लोकल अवार्ड अन्तर्गत बेष्ट लोकल विजनेस एवार्ड २०२० प्राप्त भएको छ । ईनर वेष्ट लोकल विजनेस एवार्डका लागि अन्य ६२ वटा शैक्षिक संस्थाहरु बाट एड्भान्स कलेजले उक्त अवार्ड जित्न सफल भएको हो ।
नेपाली ब्यबसायीहरु बाट संचालित उक्त कलेजलाई गत ७ अक्टोबरमा उक्त पुरुष्कारको घोषणा गरिएको थियो भने उक्त अबसरमा सो क्षेत्रबाट अन्य ब्यबसायमा उत्कृष्ट ब्यबसायीहरु सहित एनएसडब्लु राज्य सरकार, स्थानीय सरकारका प्रतिनिथीहरु को उपस्थिति रहेको थियो । सम्मान ग्रहण गर्दै कलेजकी प्रमुख कार्यकारी अधिकृत पुष्पा अर्याल घिमिरेले कलेजले शिक्षा क्षेत्रमा पुराएको योगदानको कदर गर्दै कालेजलाई सम्मान गरेकोमा स्थानीय काउन्सील र यसका निर्णयाक मण्डललाई धन्यबाद व्यक्ति गरिन । यसै गरि कलेजको गुणस्तर अभिब्रिद्दीमा सदैब दत्त चित्त सहित लाग्ने सबै कलेज स्टाफलाई समेत धन्यबाद दिदै घिमिरेले यस बाट कलेज दायित्व झन बढेको भन्दै भविष्यमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा निरन्तर लागि रहने बताइन ।
बिगत ७ बर्ष देखि निरन्तर सेवा पुराउँदै आइरहको एड्भान्स कलेज यस अगाडी २०१८ र २०१९ मा पनि उक्त अवार्डको लागि फाइनल सम्म पुगेको थियो भने यस अवार्ड नै जित्न सफल रहेको कलेजको तर्फबाट किशोर अर्यालले जानकारी दिनु भयो ।

Online Arthik










