पछिल्लो २४ घन्टामा मंगलबार थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या ६ हजार ५९१ पुगेको जनाए । उनका अनुसार हालसम्म ७३ जिल्लामा संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया