नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कारोबारका लागि तयारी अवस्थामा रहन धितोपत्र दलाल व्यवसायी (ब्रोकर) र लगानीकर्ताहरुलाई अनुरोध गरेको छ । नेप्सेले मंगलवार विज्ञप्ति जारी गरि अनलाईन कारोबार प्रणालीसँग जोडिई कारोबार गर्नका लागि युजर नेम र पासवर्ड लिन लगानीकर्ताहरुलाई अनुरोध गरेको हो ।

यसका लागि ब्रोकरहरुसँग सम्पर्क गर्न नेप्सेले भनेको छ । धितोपत्र हस्तान्तरणका लागि सिडिएस एण्ड क्लियरिङ लिमिटेडको मेरो शेयर र रकम हस्तान्तरणका लागि नेपाल क्लियरिङ हाउसको कनेक्ट आइपिएस मार्फत गर्न सकिने व्यवस्था रहेको समेत नेप्सेले बताएको छ ।

रकम हस्तान्तरणका लागि तोकिएको क्लियरिङ बैंक तथा राष्ट्र बैंकबाट विद्युतिय रुपमा रकम हस्तान्तरण सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेका सेवा प्रदायकको आइपिएस मार्फत सहभागिता जनाउन सकिने समेत नेप्सेले प्रष्ट पारेको छ ।

२०७५ कात्तिक २० गतेदेखि अनलाईन कारोबार प्रणाली (नट्स) सञ्चालनमा ल्याएको नेप्सेले हालसम्म यस प्रणालीमा करिब ३० हजार आबद्ध भैसकेको विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया