आरम्भ लघुवित्त र चौतारी लघुवित्तले एकीकृत कारोबार असार २२ गतेबाट थाल्ने भएका छन् । दुइ लघुवित्त  मर्जर भएपछि आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार हुनेछ ।

चौतारी र आरम्भ लघुवित्त १ बराबर १ शेयर स्वप रेसियोमा मर्ज भएका हुन् । गत पुस ९ गते एकैदिन सम्पन्न दुवै कम्पनीको साधारण सभाले मर्जर प्रस्ताव पारित गराएका थिए ।

दुवै लघुवित्त मर्ज पश्चात हुने लघुवित्तको चुक्ता पूँजी २६ करोड ३४ लाख बढी हुनेछ । एकीकृत लघुवित्तको शेयर स्वामित्व संस्थापकको ६३.६६ र सर्वसाधारणको ३६.३४ प्रतिशत कायम भएको छ । एकिकृत संस्थाको केन्द्रीय कार्यालय बनेपामा रहनेछ ।

नेपाल राष्ट्र बैंकले चौतारी लघुवित्त वित्तीय संस्था र आरम्भ लघुवित्त वित्तीय संस्थालाई एकापसमा गाभिनका लागि गत फागुन १८ गते अन्तिम स्वीकृति दिएको थियो।

तपाईको प्रतिक्रिया