काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकलाई ठूलो सफलता मिलेको छ । १६ महिना पछि बैंकले २ अर्ब चार करोड रुपैयाँको मुद्दा जितेको छ । इटलीको मुराटोरी इ केमेन्टिस्टी (सीएमसी) कम्पनीले ठेक्का लिएको तनहुँ हाइड्रोपावर सम्बन्धि मुद्दा जितेको हो । नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीवहादुर पाँडेले आफूहरूले मुद्दा जितेर न्याय पाएको बताए ।
इटलीको एक नम्बर बैंकको काउन्टर ग्यारेन्टीका रुपमा हामीले राखेको २ अर्ब ४ करोड रुपैयाँ थियौं, नेपाल सरकार र सीएससीबीचको सम्झौता रद्दपछि इटलीको बैंकले हामीलाई पैसा फिर्ता दिन तयार भएको थियो । तर, सीएमसी विरुद्ध इटलीको अदालतमा ‘स्टे’ अडर जारी भएपछि रोकिएको थियो ।
उक्त मुद्दा जित्नेमा हामी पहिलादेखिनै विश्वस्त थियौं,’ उनले भने ‘तर, सो मुद्दामा स्टे अडर जुन न्यायधिशले गर्यो, मुद्दा पनि उसैले हेरेपछि केही डाउट लागेको थियो ।’ तर पनि हामीलाई न्याय मिलेको छ । यसमा हामी अत्यन्त खुशी छौं । अब पैसा फर्काउन छिट्टै पहल गछौं ।’
इटलीको बैंकले पैसा रोक्ने वित्तीकै नेपाल राष्ट्र बैंकलाई सो रकम बराबरको प्रोभिजन नगर्न आग्रह गर्दा बैंकले मानेको थिएन । यसकै लागि राष्ट्र बैंकले हाम्रो आग्रहलाई तत्यार १ अर्ब रुपैयाँको प्रोभिजन गराएको थियो । अब सो रकम आएपछि बैंक अझ सक्षम र बलियो बन्छ ।
यदि राष्ट्र बैंकले सो चार्ज नलगाएको भए आम शेयर धनीले यस आवमा १८ प्रतिशत लाभांश पाउने थिए । सो कारणले हामीले शेयर धनीलाई सिंगल डिजिजमा लाभांश दिन बाध्य भयौ ।सीएमसीसँगको यो मु्द्दा जितिसकेपछि अब मेलम्चीको मुद्दा पनि जित्ने निश्चित भएको छ । यो मुद्दामा सरकारले भने ठूलो रुपैयाँ चुकाउनु पर्नेछ ।

online arthik










